समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा १ करोड बढी आम्दानी

आगामी मंसिर तेस्रो सातादेखि औद्योगिक व्यापार मेला

पाेखरा | साउन १८, २०८०

समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा १ करोड बढी आम्दानी

पोखरा:   पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ मा १ करोड २०लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको जनाएको छ । 


गएको मंसिर १६ देखि २५ गते सम्म पोखरा ९  नयाँबजार प्रर्दशनी केन्द्रमा सञ्चालन गरेको मेलामा उक्त आम्दानी भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । 


‘समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार २०७९ सफलतापूर्वक सम्पन्न भएको थियो, मेलामा १ करोड २० लाख ३१ हजार ५ सय ८६रुपैयाँ आम्दानी भएको थियो’, अध्यक्ष प्रजापतिले भने, ‘मेलामा आम्दानी भएको रकम मध्ये १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ ।’


मेलामा आम्दानी र खर्च कटाएर १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष पजापतिले बताए । 


संघका अध्यक्ष प्रजापतिले व्यवसायीहरुलाई उद्यमशीलता बनाउने गरी मेला आयोजना गरिएको दावी गरे । 


‘मेला भनेर हामीले टाउको गन्न होइन, व्यवसायी प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएका थियौं’, उनले भने, ‘मेलामा उत्पादन क्षेत्र बढाउने, व्यवसायीक प्रवद्र्धन र उद्यमशीलताको विकास लक्षित मेला आयोजना गरेका हौं ।’


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा व्यवसायीमा भार थपिएको बताए ।


‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ’, उनले भने, ‘विमानस्थलमा अन्र्तराष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको छ ।’ 
मेलामा डोमतर्फ ७८, अटो मोबाइल्सका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी २ सय ५० स्टल राखिएको थियो । 


पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर तेस्रो सातादेखि अर्को संस्करणको राष्ट्रिय औद्योगिक व्यापार आयोजना गर्ने जानकारी दिए ।


‘मंसिर तेस्रो सातादेखि पुस १ गतेसम्म अर्को संस्करणको औद्योगिक व्यापार मेला २०८० आयोजना गर्दै छौें’, उनले भने, ‘मेलालाई देखाउन भन्दा पनि व्यवसायीहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने छौं ।’


आगामी संस्करणमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा  संघ सुरक्षाको विषयमा गम्भिर भएको जनाएको छ ।  

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्